राजनीति

प्रधानमन्त्री भन्छन्ः कांग्रेस–एमाले इतिहास बोकेका पार्टी हुन्, लोकतन्त्र मर्न दिन्नन्

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमाले नेपालको राजनीतिक इतिहास बोकेका पार्टी भएकाले लोकतन्त्र मर्न नदिने बताएका छन् । 

कोप–२९ सम्मेलनको तयारीको पूर्व सन्ध्यामा शनिवार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

‘अहिलेको सरकार नेकपा एमाले, नेपाली कांग्रेस यी दुई वटा नेपालको राजनीतिक, सामाजिक, इतिहासमा परिवर्तनका कुराहरूमा, योगदानका कुराहरूमा र परिवर्तन साकार पार्नका लागि लड्ने कुराहरूमा सदैव अग्रणी रहेका हुन् र यिनले असाधारण योगदान पनि गरेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यिनको प्रतिबद्धता छ । यी पार्टीले डेमोक्रेसी(लोकतन्त्र) मर्न दिँदैनन् ।’  लोकतन्त्र देश र जनताका लागि काम गर्ने सर्वोत्तम व्यवस्था भएको पनि उनले बताए । 

मानव जातीले सामाजिक सु प्रवन्धका लागि विकास गरेका दुई वटा कुरामध्ये राजनीति र  राजनीतिक पार्टी रहेको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘सामाजिक सु प्रवन्धका लागि पहिलो विकास मानवले पोलिटिक्स गरेको हो । त्यसले मात्रै पनि चलेन, अनि त्यहाँ विकास भए पोलिटिकल पार्टीज।’ 

‘राष्ट्रियता’ एउटा हुन्छ भन्ने पार्न राजनीतिक दलले काम गर्ने उनले बताए । ‘पोल्टिकल पार्टी नहुँदासम्म बन्दुकले बाँधेका जनता नेसन(राष्ट्र) भइसकेका हुँदैनन्,’ उनले भने । 

प्रकाशित: १० कार्तिक २०८१ १३:४० शनिबार

#KP Sharma Oli #Congress-UML alliance