राजनीति

जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने प्रधानमन्त्री ओलको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा कोप–२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले यस्तो बताएका हुन्।  

प्रधानमन्त्री ओलीले कोप २९ मा पनि नेपालले जलवायुजन्य मुद्दाको नेतृत्व गर्ने बताए।उनले नेपालले जलवायुजन्य अन्तर्राष्ट्रिय फोरमहरूमा क्लाइमेटका विषयहरूमा नेतृत्व गर्ने गरेको बताए।प्रधानमन्त्री ओलीले नेपाल जलवायुजन्य प्रभावलाई सबैभन्दा बढी रोक्नसक्ने भूगोल भएको बताए । उनले जलवायु वित्त, जलवायुन्यायका विषयमा अहिले नेपालले खरो रूपमा आवाज उठाइरहेको बताए। 

प्रधानमन्त्री ओलीले मधेस प्रदेशमा जलवायु परिवर्तनको ठूलो असर परेको महसुस गरेको बताए।जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वृक्षारोपणको अभियान सुरु गरेको र संघ सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए।जलवायु परिवर्तनका कारण महिला, बालबालिकार र ज्येष्ठ नागरिक सबैभन्दा बढी पीडित भएको उनको भनाइ छ।

जलवायु परिवर्तन सम्बन्धी छुट्टै मन्त्रालय नभएकाले जलवायुजन्य क्षेत्रमा काम हुन नसकेको भन्ने भनाइमा सत्यता नरहेको बताए । मन्त्रालय नहुँदा पनि सरकारले जलवायुजन्य क्षेत्रमा काम गरिरहेको उनको भनाइ छ । 

प्रकाशित: १० कार्तिक २०८१ १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App