राजनीति

कतारको राजदूतमा पौडेल नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेललाई नियुक्त गरेका छन् ।

बिहीबार राष्ट्रपति पौडेलले संविधानको धारा २८२ उपधारा (१) बमोजिम पौडेललाई कतारका लागि आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।  

राष्ट्रपतिका कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले पौडेललाई राजदूतमा नियुक्ति गरिएको जानकारी दिएका छन् ।

प्रकाशित: ८ कार्तिक २०८१ १६:५७ बिहीबार

#Rastrapati #Ramchandra Poudel #Ramesh Chandra Poudel