राजनीति

'शैलजा आचार्य हृदयरोग केन्द्र पूर्ण रुपमा सञ्चालन गर्ने'

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्दै भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई। तस्बिरः विनोद/नागरिक

स्वास्थ्य मन्त्री भूपेन्द्र राईले शैलजा आचार्य ह्दयरोग केन्द्र पूर्णरुपमा सञ्चालन गर्ने निर्णय गरेका छन्।

बिहीबार कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको कार्यभार ग्रहण गर्दै मन्त्री राईले कोशी प्रदेश सरकार मातहतको शैलजा आचार्य हृदयरोग केन्द्र पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेका हुन्।

हाल शैलजा आचार्य हृदयरोग केन्द्र आंशिक रुपमा मात्रै सञ्चालनमा रहेको छ। यस्तै राईले दोस्रो निर्णय जटिल रोगबाट पीडित भएकाहरूलाई प्रदेश सरकारले दिने घोषणा गरेको सहयोग रकम उपलब्ध गराउने रहेको छ। मन्त्री राईले प्रदेश सरकारले उपलब्ध गराउने घोषणा गरेको तर, उपलब्ध नगराएको सहयोग रकम जतिछिटो चाँडो उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।

कार्यभार सम्हाल्दै राईले जनताको प्रत्यक्ष सरोकार राख्ने र संवेदनशील मन्त्रालय भएकाले  ध्यान दिएर काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए। मन्त्री राईलाई बिहीबार नै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकेका थिए। 

प्रकाशित: ८ कार्तिक २०८१ १६:४५ बिहीबार