राजनीति

संघीयता पूर्ण कार्यान्वयनमा तीन दलका शीर्ष नेतृत्व बाधक: डा कोइराला

पत्रकार सम्मेलनमा डा कोइराला: तस्बिरः चुमन बस्नेत/नागरिक

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संघीयता पूर्ण कार्यान्वयनमा तीन दलका शीर्ष नेतृत्व नै बाधक रहेको बताएका छन्। 

बिहीबार नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा कोइरालाले सङ्घीयताको पूर्ण कार्यान्वयनमा तीन दलका शीर्ष नेतृत्व नै बाधक रहेको बताएका हुन्।

कोइरालाले संविधान बनेको ९ वर्षसम्ममा पनि प्रहरी समायोजन ऐन, शिक्षा ऐन, निजामती सेवा ऐन बन्न नसक्नुको अरु कुनै कारण नभई कांग्रेस, एमाले र माओवादीका शीर्ष नेतृत्व नै बाधक रहेको स्पष्ट पारे।

‘तीन दलका शीर्ष नेतृत्वको  केन्द्रमै अधिकार राखी राख्ने चाहनाले संविधान बनेको ९ वर्षसम्म पनि कानुनहरू बन्न नसकेका हुन्’ कोइरालाले भने। तीन प्रमुख दलका शीर्ष नेतृत्व प्रदेशलाई अधिकार हस्तान्तरण गर्ने पक्षमा नदेखिएको डा कोइरालाले दाबी गरे। डा कोइरालाले दल विभाजन गर्न ल्याउने तयारीमा रहेको अध्यादेश आफूले नरोकेको स्पष्ट पारे।

कोइरालाले भने, ‘म को हो र अध्यादेश रोक्ने? तर, अहिलेको सरकारको त्यो प्राथमिकतामा पर्ने हा? सरकारको प्राथमिकतामा पार्ने हो भने ल्याउनुस् न निजामती ऐन, प्रहरी ऐन शिक्षा ऐन, दल विभाजन ऐन किन ल्याउनुप¥यो? के त्यस्तो अप्ठ्यारो प¥यो र दलहरू विभाजन नगरी नहुने?

कोइरालाले कानुनी राज्यलाई मान्नेहरूले न्यायपालिका लाई अप्ठ्यारोमा पार्ने काम गर्न नहुने डा कोइरालाले बताए। उनले रास्वपा लोकतन्त्रमा विश्वास गर्छ भने भीड तन्त्र छाडेर न्यायपालिकाले गर्ने निर्णयलाई मानेर हिँड्नु आवश्यक रहेको बताए। 

प्रकाशित: ८ कार्तिक २०८१ १२:०८ बिहीबार

#shekhar koirala