राजनीति

एमालेले लिएको जग्गा दानको मुद्दा सर्वोच्चको पेशीमा

नेकपा एमालेले दानमा लिएको जग्गाको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतमा आज पेशी तोकिएको छ। पार्टी कार्यालय निर्माणका लागि विवादित व्यवसायी व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्धको परेको रिटमा पेशी तोकिएको हो। सो रिट न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको छ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा आज पहिलोपटक सुनुवाइ हुन लागेको हो। 

मुलुकको कार्यकारी पदमा बसेर दानका रूपमा विवादित व्यवसायीबाट यति ठूलो सम्पत्ति दान लिनु भ्रष्टाचार भएको दाबी गर्दै ज्ञानकुमार बस्नेतले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्।सर्वोच्चले गर्ने आदेशले उक्त दानको विषयलाई निरुपण गर्नेछ।  

प्रकाशित: ८ कार्तिक २०८१ ११:३७ बिहीबार

#Supremecourt