राजनीति

रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि पोखरामा सभापति रवि लामिछाने पक्राउ विरोधमा प्रदर्शनलाई निरन्तरता दिँदैछ।

पोखरामा आज पत्रकार सम्मेलनको आयोजना गरेर अहिले बिहान १० बजे पार्टीले पोखराको वाई चोकमा भेला भएर प्रदर्शन गर्न लागेको हो।

विरोध प्रदर्शनमा सहभागी हुन पनि रास्वपाले आफ्ना कार्यकर्ता र समर्थकलाई आग्रह गरेको छ।

पार्टीले पोखरामा आज अन्तिम प्रदर्शन भएको र त्यसपछि काठमाडौँ केन्द्रीत प्रदर्शन सुरु गर्ने पनि बताएको छ।

सरकारले नयाँ वैकल्पिक दललाई दबाउन खोजेको र सभापतिलाई जानाजान थुनामा राखेको पनि पत्रकार सम्मेलनमा बताइयो।

प्रकाशित: ८ कार्तिक २०८१ ०९:४७ बिहीबार

#Rabi Lamichhane