राजनीति

नेपाल अब 'ल्याण्डलिंक' मात्रै हैन, 'वाटरलिंक' पनि हुन्छ : प्रम ओली

काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल भारतसँग ल्याण्डलिंक मात्र नभइ वाटरलिंक हुने बताएका छन्।  

भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री ओलीले शनिबार हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मलेनलाई सम्बोधन गर्दै पूर्वाधार र कनेक्टीभिटीले विकासको गतिलाई अगाडि बढाउने बताए।

समृद्धि हाम्रो साझा लक्ष्य हो, उनले भने,‘हाम्रा साझा विषयहरूमा छिमेकसँग सहकार्य हुनेछ। उनले नेपाल समृद्धिकाे दिशामा अघि बढ्न लागेकाे बताउँदै नेपालका जनता खुशी र देश विकसित हुने बताए । नेपाल र भारतबीचकाे मित्रता सदियाैँदेखि रहेकाे बताउँदै उनले मित्रता नै ठूलाे कुरा रहेकाे उल्लेख गरे। 

उनले तीन तहकाे चुनाव सफलतापूर्वक सम्पन्न भएकाे बताउँदै समकक्षी माेदीलार्इ नेपाल भ्रमणकाे निम्ताे दिएका छन्।

 

 

प्रकाशित: २४ चैत्र २०७४ ०८:२५ शनिबार

नेपाल अब ल्याण्डलिंक मात्रै हैन वाटरलिंक हुन्छ प्रम ओली