राजनीति

१५ लाख दुग्ध किसानले भुक्तानी पाए: प्रधानमन्त्री

<br>

प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि रोकिएको दूध र उखु किसानको भुक्तानी उनीहरुले पाएको बताएका छन्।

वर्तमान सरकार गठन भएका सय दिनका उपलब्धिबारे आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लगभग १५ लाख दुग्ध किसानले भुक्तानी पाएको बताएका हुन्।

“लगभग १५ लाख दुग्ध किसानले भुक्तानी पाएका  छन्। उनीहरुले पाउने रकम भुक्तानीका लागि सरकारले ६० करोड निकासा गरेको थियो”, प्रधानमन्त्री ओलीले भने, “करिब ७५ हजार उखु किसानले पनि आफ्नो अनुदान बापतको भुक्तानी पाइसकेका छन्।”

कृषिबाली तथा पशुधन बीमामा समावेश भएका हजारौँ कृषकले पनि अब राहत महसुस गरेका उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बितेको एक सय दिनमा, तिनीहरूको बीमा बापतको भुक्तानी गर्न ८० करोड बीमा प्राधिकरणको खातामा पठाइएको स्पष्ट पारे।

उनले हिउँदे बालीका लागि चाहिने रासायनिक मलको बन्दोबस्त गरिसकिएको जानकारी दिए। निर्माण व्यवसायीले पाउनुपर्नेमध्ये सङ्घीय मन्त्रालयबाट ६ अर्ब ७५ करोड यस अवधिमा भुक्तानी भइसकेको प्रधानमन्त्री ओलीले उल्लेख गरे।

प्रकाशित: ७ कार्तिक २०८१ १६:१५ बुधबार