राजनीति

एमालेलाई व्यवसायी गुरुङको जग्गा दानविरुद्ध मुद्दा चल्यो

रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश

व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई गरेको जग्गा दानबारे सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ।

अधिवक्ता ज्ञान बस्नेतले दायर गरेको सार्वजनिक सरोकारको रिटलाई दर्ता गर्न सर्वोच्चले आदेश दिएपछि उक्त जग्गा दानबारेको रिट सर्वोच्चमा दर्ता हुने भएको हो।

यसअघि उक्त रिट सर्वोच्चका रजिस्टार भद्रकाली पोखरेलले दरपिठ गरिदिएका थिए। सर्वोच्च प्रशासनले एमाले पार्टी कार्यालय दान लिनदिने बारेमा रिट निवेदक बस्नेतको सार्थक सम्बन्ध नहुने भन्दै दरपिठ गरिदिएको थियो।

तर बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उक्त मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको छ। इजलासले निवेदकले रिट दिन पाउने वा नपाउने विषय इजलासबाटै टुंगो लाग्ने व्याख्या गर्दै अहिलेलाई रिट दर्ता गर्न आदेश दिएको हो।

प्रकाशित: ७ कार्तिक २०८१ १५:०२ बुधबार

#uml #suprime court #Min Badhaur Gurung