राजनीति

महाकाली कोरिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा छः रक्षा मन्त्री राई

रक्षा मन्त्री मानवीर राईले महाकाली कोरिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

मंगलवार सय दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो कुरा बताएका हुन।उनले नेपाल निर्माणदेखि नै नेपाली सेनाको ठुलो भुमिका रहेको उल्लेख गर्दै नेपाली सेनालाई अप्ठ्यारो पार्ने भन्दा पनि भरलाग्दो, विश्वासिलो भएकै कारणले जिम्मेवारी दिइने गरेको बताए। उनले नेपाली सेनालाई विवादित बनाउने काममा सरकार नरहेको बताए।

उनले लिपुलेक क्षेत्रको बाटो (कर्णाली कोरिडोर) सरकारको उच्च प्राथमिकतामा रहेको र बजेट कम भएका कारण समय भन्दा केही ढिलो भएको बताए । उनले आगामी बजेटमा धेरै भन्दा धेरै बजेट ल्याएर कोरिडोर सम्पन्न गर्ने विश्वास व्यक्त गरे। 

मन्त्री राईले नेपालको भूगोल र नेपाली जनता भएका ठाउँमा सुविधा र सडक पुर्‍याउने कुरा सरकारको पहिलो प्राथमिकतामा रहेको बताए। 

प्रकाशित: ६ कार्तिक २०८१ १७:०५ मंगलबार

#Defense Minister Manbir Rai #Mahakali Corridor