राजनीति

समितिमा विचाराधीन विधेयकबारे सभामुखको चासो

फाइल तस्बिर

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्का विभिन्न समितिमा रहेको विधेयकहरुको अवस्थाबारे जानकारी लिएका छन्।अघिल्लो अधिवेशन बिजनेश अभावमा प्रभावकारी हुन नसकेको चर्चाका बीच मंगलबार सभामुखले सम्बन्धित समितिका सभापतिहरुसँग कुराकानी गरेका हुन्।

संसदीय समितिका सभापति र दलका प्रमुख सचेतकलाई बोलाएर सभामुख घिमिरेले विधेयकहरुमाथि छलफल गरेका हुन्। सिंहदरबारमा रहेको सभामुखको कार्यकक्षमा भएको छलफलमा सभापतिहरुले आफ्नो समितिमा रहेको विधेयकबारे सभामुखलाई जानकारी गराएका थिए।

छलफलका क्रममा सभामुख घिमिरेले संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिने गरी विधेयकहरुलाई टुंगोमा पुर्याउन निर्देशन दिएका थिए। सभामुख घिमिरेले बैठकमा संघीयता कार्यान्वयनसम्बन्धमा निजामती कर्मचारी विधेयक, प्रहरी विधेयक ल्याउन संविधान संशोधनको विषयसमेत चर्चामा रहेको भन्दै समिति सभापति र सचेतकहरुको राय मागेका थिए।

छलफलमा समिति सभापतिहरुले अधिवेशन नभएको अवस्थामा सांसदहरू काठमाडौं बाहिर हुने भएकाले समितिको कोरम पुर्‍याउनसमेत कठिन हुने गरेको गुनासो गरेका थिए। उनीहरुले कुन विधेयक कुन समितिमा रहेको, त्यसको अवस्था के रहेको ? समितिबाट पारित हुन अब कति समय लाग्ने रु लगायतबारे सभामुखलाई जानकारी गराएका थिए।

प्रकाशित: ६ कार्तिक २०८१ १४:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App