राजनीति

दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दै सभामुख

सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र दफावार छलफलका लागि संसदीय समितिका सभापतिहरूसँग आज छलफल गर्न लागेका छन्।

उनले छलफलका लागि बिहान ११ः ३० बजे दलका प्रमुख सचेतक र दफावार छलफलका लागि संसदीय समितिका सभापतिहरूलाई बोलाएका छन्।

सभामुखको कार्यालयमा बस्ने बैठकमा संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिने विषयमा छलफल हुने बताइएको छ।  

प्रकाशित: ६ कार्तिक २०८१ ०९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App