राजनीति

सन्तोष परियारको दाबी: अदालतले रविलाई बुधबार छोड्छ

<br>

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अदालतले सभापति रवि लामिछानेलाई बुधबार छोड्ने दाबी गरेका छन्।

सोमबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै परियारले यस्तो दाबी गरेका हुन। उनले अदालतप्रति रास्वपाको उच्च सम्मान रहेको भन्दै बुधबार अदालतले लामिछानेलाई जेलमा राखेर अनुसन्धान गर्नुपर्दैन भनेर छोड्ने बताए।

उनले नेपालको इतिहासमा खास-खास समयमा अदालतले न्याय सम्पादन गरेको स्मरण गरे। सरकारले अदालतको न्याय प्रणालीलाई बिगार्ने काम गरेको उनको आरोप थियो।

प्रमुख सचेतक परियारले सरकारविरुद्ध लामिछानेलाई रिहाइ गर्ने आन्दोलनमा पोखरावासीको साथ आवश्यक रहेको धारणा राखे। साथै पोखरा सचेत नागरिक बस्ने ठाउँ भएकाले सरकारविरुद्ध रास्वपाको आन्दोलनमा साथ दिने आशा व्यक्त गरे।

प्रकाशित: ५ कार्तिक २०८१ १८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App