राजनीति

एकीकृत समाजवादीको आन्तरिक एकतालाई बलियो बनाउनुपर्छ: नेता श्रेष्ठ

नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले पार्टीलाई आन्तरिक रुपमा एकताबद्ध बनाउनुपर्ने बताएका छन्।

एकीकृत समाजवादी आन्तरिक रुपमा एकताबद्ध हुन नसकेको बताउँदै उनले दसौं महाधिवेशनको म्याण्डेड विपरीत पार्टीको पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटी चयन भएका कारण पार्टीभित्र एकताको सन्देश जान नसकेको बताए।

उनले यी तीन वटै कमिटी निष्पक्ष, पारदर्शी र सर्वसम्मत मापदण्डका आधारमा नबनेकाले यसमाथि समीक्षा गर्नुपर्नेमा जोड दिए।

उनले सबैलाई समेटेर पार्टीको आन्तरिक एकतालाई बलियो बनाउनुपर्ने भन्दै यसका निम्ति पार्टीको नेतृत्वलाई पनि सकारात्मक रुपमा पाएको सुनाए।

नेता श्रेष्ठले नेपाली समाजलाई समाजवादमा पुर्‍याउनका लागि एकीकृत समाजवादीको विकल्प नभएको पनि जिकिर गरे। समाजवादको लक्ष्य प्राप्तिका लागि पनि पार्टीलाई बलियो बनाउनुपर्ने भन्दै पार्टी बलियो भएमा नेपाली समाजको निराशालाई चिर्ने उनको भनाइ थियो।

उनले जनताको समृद्धि र अग्रगमनको चाहना पूरा गर्नका लागि पनि एकीकृत समाजवादी बलियो हुनुपर्ने धारणा राखे।

प्रकाशित: ४ कार्तिक २०८१ १८:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App