राजनीति

हवाई क्षेत्र सुधारका उपाय पहिल्याउन उच्चस्तरीय अध्ययन समिति गठन

सरकारले सुरक्षित, भरपर्दो र विश्वसनीय नागरिक उड्डयन प्रणालीको विकासको अध्ययन गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा सरकारले पाँच सदस्यीय अध्ययन समिति गठन गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले उच्चस्तरीय समिति गठन गरेर समितिका कार्यशर्त स्वीकृत गर्ने निर्णय गरेको हो।उक्त निर्णय आइतबार सावजनिक गरिएको छ।

समितिमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा विज्ञ  भेषराज सुवेदी, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ क्याप्टेन रिवाजप्रसाद प्रधानलाई विज्ञ सदस्यमा राखेको छ।यस्तै सदस्य सचिवमा पर्यटन  मन्त्रालयका एकजना सहसचिव रहने छन्।

समितिले अस्तव्यस्त रहेको नेपालको नागरिक उड्डयन क्षेत्रलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन सरकारका तर्फबाट गर्नुपर्ने काम तथा उपायबारे अध्ययन गरेर सुझाव दिने पर्यटन मन्त्रालयले जनाएको छ।

पटक–पटकका हवाई दुर्घटना, युरोपियन युनियनको कालोसूचीलगायतले समस्यामा रहेको नेपालको हवाई क्षेत्र सुधार अहिले सरकारका लागि निकै ठुलो चुनौती छ।

प्रकाशित: ४ कार्तिक २०८१ १६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App