राजनीति

माओवादी केन्द्रका अध्यक्ष दाहाल जुम्ला आउँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल जुम्ला आउँदैछन्।

खस भाषा र सभ्यताको केन्द्र सिंजाको कनकासुन्दरीमा अवलोकन तथा जनसभालाई सम्बोधन गर्न उनी सोमवार सिंजाको कनकासुन्दरी आउने छन्।

जिल्ला ईन्चाज नरेश भण्डारीका अनुसार पार्टी अध्यक्ष दाहाल नेपालगञ्जबाट मुगुको रारा हुँदै सिंजा क्षेत्रको कनकासुन्दरी आउने कार्यक्रम तय भएको छ।

प्रकाशित: ४ कार्तिक २०८१ ०८:४७ आइतबार

#prachanda