राजनीति

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक साँझ ५ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, स्थानीय तहको उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ।

त्यस्तै पार्टीको केन्द्रीय कार्यालय कीर्तिपुरमा स्थापना गर्ने निर्णयप्रति भइरहेको आलोचनाको विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ।

प्रकाशित: ४ कार्तिक २०८१ ०८:०५ आइतबार

#CPN (UML) #KP Sharma Oli