राजनीति

रातारात जन्मेको पार्टीले देश र जनताको हित गर्न सक्दैन: विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सबै माओवादी पार्टीबाट अलग भएकाहरू एकताबद्ध भएर अघि बढ्न सके माओवादी पार्टीले २०६४ सालको परिणाम हात पार्न सक्ने दाबी गरेका छन्।

शनिवार चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले माओवादीबाट अलग भएका दलहरूले एकले अर्कालाई हेप्ने, आरोप लगाउने नभई एकताबद्ध भएर देश र जनताको सेवाका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।

महासचिव विप्लवले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशलाई भुलभुलैयामा पार्न खोजे पनि त्यो सम्भव नभएको बताए।उनले देशमा आफूहरूले एक पटक जनताको सेवा गर्न पाउनुपर्ने बताए।

महासचिव विप्लवले रातारात जन्मेको कुनैपनि पार्टीले देश र जनताको हित गर्छ भन्ने कुरा सम्भव नहुने पनि दोहोर्‍याए । 

प्रकाशित: ३ कार्तिक २०८१ १७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App