राजनीति

न्यायालयप्रति विश्वास छ, सघाउँछौं: रास्वपा

<br>

फाइल।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछाने निर्दोष रहेकामा आफूहरु विश्वस्त रहेको बताएका छन्।

सो पार्टीले शनिबार पोखरामा आयोजना गरेको ऐक्यबद्धता कार्यक्रममा उनले निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई आफ्नो पार्टीले सहयोग गर्ने जनाए।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपा सहकारी पीडितका पक्षमा रहेकोमा जोड दिए। यहाँस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा सङ्गठित अपराधसम्बन्धी अभियोगमा अनुसन्धान गर्न निजलाई शुक्रबार पक्राउ गरी यहाँ ल्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ।

प्रकाशित: ३ कार्तिक २०८१ १५:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App