राजनीति

रवि पक्राउपछि सूर्य थापाको प्रतिक्रिया: 'क्लिनचिट' चलचित्र फ्लप भयो, 'प्रतिशोध' नयाँ मञ्चन

नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि 'क्लिन चिट र सफाइ' चलचित्र फ्लप भएको भन्दै व्यंग्य गरेका छन् । सहकारीको बचत रकम हिनामिनाको छानबिन गर्न सांसद थापा नेतृत्वमामा बनेको संसदीय विशेष समितिले रविमाथि कारबाहीको सिफारिस गरेको थियो । 

तर, प्रतिवेदनपछि रास्वपाका नेताहरू र स्वयम् सभापति रविले पनि क्लिन चिट पाएको भन्दै टिप्पणी गरेका थिए। 

त्यही प्रतिवेदन कार्यान्वयनका क्रममा शुक्रवार रवि पक्राउ परेको प्रहरीले जनाएको छ । 

त्यसको प्रतिक्रियामा सांसद थापाले फेसबुकमा लेखेका छन्, 'ुक्लिन चिट र सफाइ चलचित्र केही दिनमै सर्वत्र फ्लप भए लगत्तै  कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछ-प्रतिशोध !’ त्यो पनि सुपर फ्लप हुने बाटोमा रहेको भन्दै थापाले प्रतीक्षा गर्न आह्वान गरेका छन् ।

प्रकाशित: ३ कार्तिक २०८१ १२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App