राजनीति

‘रवि लामिछाने आफैँ पक्राउ दिँदै, सडक मार्ग हुँदै पोखरा जाने’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने प्रहरीले पक्राउ गरेपछि सडक मार्ग हुँदै पोखरा जाने भएका छन्।

यति बेला लामिछाने काठमाडौँको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा छन्। केही समयपछि उनले सञ्चारमाध्यम समक्ष आफ्नो कुरा राखेर सडक मार्गबाट पोखरा जाने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। 

उनले भने, 'पक्राउ पुर्जी लिएर आउनुभएको प्रहरी साथीहरूलाई केही नगर्दिनुहोला। केही समय पछि पार्टी सभापतिले सञ्चारमाध्यम समक्ष आफ्नो कुरा राख्नुहुने छ। त्यसपछि सडक मार्ग हुँदै उहाँ पोखरा जानुहुनेछ।' 

प्रकाशित: २ कार्तिक २०८१ १८:०८ शुक्रबार

#Rabi Lamichhane