राजनीति

जलवायु परिवर्तन विश्वभर गम्भीर चुनौती बनिसकेको छः मन्त्री ठकुरी

वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले जलवायु परिवर्तन विश्वभर गम्भीर चुनौती बनिसकेको बताएका छन्।

नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित क्लाइमेट कन्क्लेभ २०२४ को ‘द कल अफ माउन्ट एभरेस्ट फर ग्लोबल क्लाइमेट एक्सन’ नामक विषयमा केन्द्रीत भएर छलफल गर्दै उनले जलवायु परिवर्तनको असरहरू प्रत्येक दिन नेपालका विभिन्न क्षेत्रहरूमा परिरहेको बताए।

उनले भने, ‘हामी यस्तो देशमा बसोबास गर्दछौँ जहाँ हिमाल, पहाड र तराईको अद्भुत विविधता छ। तर, यसै विविधता र सुन्दरतामाथि जलवायु परिवर्तनको संकट व्याप्छ छ।’

राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ लागू भइसकेको भन्दै उनले जलवायु परिवर्तनको असर क मगर्न अनुकूलन र कार्वन उत्सर्जन घटाउन न्यूनिकरणका साथै क्षति नोक्सानीलाई सम्बोधन गर्ने उपायहरूलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको उनले बताए।

मन्त्री ठकुरीले जलवायु परिवर्तनको समस्या सिर्जना गर्नमा हाम्रो योगदान नगन्य भएपनि जलवायु संकट समाधान गर्नमा नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा नेतृत्त्वदायी भूमिका खेल्दै आएको बताए।

प्रकाशित: १ कार्तिक २०८१ १२:२८ बिहीबार

#ainbhadur shahi thakuri #Ministry of Forests and Environment