राजनीति

स्वदेशमा काम गर्ने वातावरण बनाउँछु : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा रहेका नेपालीहरुसँग भेट गरेका छन्। बाह्रखम्बा स्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा उनले छिमेकसँगको सम्वन्ध सन्तुलित हुने बताए।

प्रवासी नेपालीहरुलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले छिमेकसँगको सम्वन्ध तावनपूर्ण हुन्छकि भनेर चिन्ता नगर्न आग्रह गरे।

उनले प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशमा फर्केर काम गर्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरे। 'तपाईहरुलाई स्वदेशमा काम गर्ने वातावरण बनाउँछु', प्रधानमन्त्री ओलीले भने, 'म देश बनाउने सम्वृद्धिको यात्रामा छु।'

प्रधानमन्त्रीले सम्वृद्धिको लागि चीन र भारत दुवै छिमेकिसँग सहकार्य गर्ने समेत बताए। ओलीले प्रवासी नेपालीका तर्फबाट ज्ञापनपत्र समेत बुझेका थिए। उनीहरुले भारतमा रहँदा पर्ने गरेका समस्या ज्ञपनपत्रमा उल्लेख गरेका छन्।

प्रकाशित: २३ चैत्र २०७४ १४:३१ शुक्रबार

स्वदेशमा काम गर्ने वातावरण बनाउँछु प्रधानमन्त्री