राजनीति

राष्ट्रपति पौडेलले गरे बडीमालिकाको दर्शन (तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन्।

राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्बर ९ मा पर्ने बडीमालिकाको पूजा अर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन्।

प्रसिद्ध धार्मिक स्थल एवम् शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा एवम् दर्शनको लागि भक्तजन आउने गर्दछन्।

राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटयश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन गर्नुहुने कार्यक्रम छ। राष्ट्रपति पौडेल उक्त कार्यक्रममा सहभागी हुन बुधबार अपराह्न सुर्खेत आइपुगेका हुन्।

प्रकाशित: १ कार्तिक २०८१ १०:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App