राजनीति

नेपाल-अमेरिका डिजिटल सहकार्यले मिडिया परिदृश्यमा नयाँ आयाम थप्नेछ: अर्थमन्त्री पौडेल

तस्बिर: विजय राई/नागरिक

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल रिपब्लिक मिडिया र न्यूयोर्क टाइम्सबीचको डिजिटल सहकार्यले नेपालको मिडिया परिदृश्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन्।

बुधबार आयोजित एक कार्यक्रममा उनले डिजिटल युगमा मिडिया उद्योगले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न सहकार्य महत्वपूर्ण रहेको बताए।

पौडेलले नेपाल रिपब्लिक मिडियाले न्यूयोर्क टाइम्ससँगको डिजिटल सहकार्यमार्फत नेपाली पाठकलाई सहज पहुँचका साथ गुणस्तरीय समाचार सामग्री उपलब्ध गराउने विश्वास व्यक्त गर्दै यस पहलले नेपाली पत्रकारितालाई प्रविधि र सीपमा थप परिस्कृत बनाउने उल्लेख गरे।

"डिजिटल मिडियाको विकासले नेपाललाई विश्व बजारसँग जोड्न मद्दत पुर्याइरहेको छ। प्रविधिको सदुपयोगमार्फत गुणस्तरीय सामग्री प्रस्तुत गर्दै, पत्रकारिताका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्नु आवश्यक छ," पौडेलले भने।

उनले डिजिटल अर्थतन्त्रको महत्वको चर्चा गर्दै नेपालले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिए। "डिजिटल अर्थतन्त्रले रोजगार र उत्पादकत्व बढाएको छ, र यसले हाम्रो निर्यातको सम्भावना अझ फराकिलो बनाएको छ," पौडेलले थपे।

सरकारले आमसञ्चारलाई मर्यादित, निश्पक्ष र व्यावसायिक बनाउन आवश्यक नीति निर्माण गरिरहेको उल्लेख गर्दै पौडेलले मिडिया क्षेत्रबाट सहकार्यको अपेक्षा रहेको स्पष्ट पारे।

कार्यक्रमको पौडेलले नयाँ साझेदारीको सफलताको शुभकामना व्यक्त गर्दै यसले नेपालको पत्रकारिता र अर्थतन्त्रलाई उकास्नेमा विश्वास प्रकट गरे।

प्रकाशित: ३० आश्विन २०८१ १८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App