राजनीति

राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना

कोशी प्रदेश राज्यमन्त्री सिर्जना राईले रु एक लाख राशिको अक्षयकोष स्थापना गरेकी छिन्।

राज्यमन्त्री राईले पाँचधारे कला साहित्य केन्द्रमा ‘वीरेन्द्र गुरुङ स्मृति’ अक्षयकोष स्थापना गरेकी हुन्।

आफ्नो जीवनकालमा गायक गुरुङले साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप अक्षयकोष स्थापना गरेको राज्यमन्त्री राईले बताइन्। 'गुरुङले साङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएको छ', राज्यमन्त्री राईले भनिन्, 'यस्ता व्यक्तिलाई समाजले कदर गर्न अवश्यक छ।' रासस

प्रकाशित: २३ आश्विन २०८१ ११:२० बुधबार