राजनीति

गृह, भौतिक र रक्षा मन्त्री बाढीपहिरो प्रभावित क्षेत्रमा

गृह मन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षा मन्त्री मानवीर राई बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका छन्।

काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र सिन्धुपाल्चोक जिल्लाका बाढीप्रभावित क्षेत्रको  अवलोकन गरी त्यहाँ भइरहेको सहयोग र पुनःनिर्माणबारे जानकारी लिन मन्त्रीहरू त्यहाँ पुगेका हुन्।

मन्त्रीहरूले बाढीपहिरोबाट भएको क्षति तथा त्यहाँ तत्काल भइरहेका सडक पूर्वाधार पुनःनिर्माण र राहतका कार्यक्रम सञ्चालनलगायत विषयमा छलफल गर्नेछन्।

प्रकाशित: २२ आश्विन २०८१ ०९:५७ मंगलबार

#Ramesh Lekhak #manbir rai #Debendra dahal