काठमाडौं–संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद् र चाड सँगै आएका कारण हवाई चाप बढेको बताएका छन्।
शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।
मन्त्री पाण्डेले भने,'विपद् र महान् चाडहरूसँगै आएका कारण हवाई चाप बढेको छ। यसलाई कसरी न्यायोचित बनाउने भनेर कुरामा हामी निरन्तर काम गरिरहेका छौँ।' मन्त्री पाण्डेले यात्रुहरूको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको बताए।
उनले पर्यटन मन्त्रालय सम्बद्ध संस्कृति,पर्यटन र हवाई नीतिहरू परिमार्जनको क्रममा रहेको बताउँदै ऐन नीतिहरू बनाएर सुदृढीकरण गर्ने उद्घोष गरे। मन्त्री पाण्डेले टे«ड युनियन लगायतका संघ, संस्थाहरूले सत्य,तथ्य कुरा मात्रै पस्कनु पर्नेमा जोड दिए। मन्त्री पाण्डेले नेपालको हवाई आकाश सुरक्षित रहेको छ भन्ने सन्देश दिन समेत अनुरोध गरे।
प्रकाशित: १८ आश्विन २०८१ १४:१२ शुक्रबार