राजनीति

पूर्वराजा ज्ञानेन्द्र भुटानमाः भ्रमण ‘निजी’, उद्देश्य ‘राजनीति’ !

पूर्वराजा ज्ञानेन्द्र शाह पाँच सदस्यीय टोलीसहित भुटान पुगेका छन् ।

निजी भ्रमणका लागि बिहीबार भुटानको ड्रुक एयरलाइन्सको विमानमार्फत प्रस्थान गरेका पूर्वराजा शाह थिम्पुमा अवतरण गरेका हुन् । जहाँ भुटानकी राजकुमारीले विमानस्थलमा पुगेर स्वागत गरेकी छन् । 

पूर्वराजा शाहको टोलीमा छोरी प्रेरणा, भतिजी शिताष्मा र पारिवारिक सदस्य राजु सिंह सामेल छन् । पूर्व राजा शाहले यो भ्रमणलाई निजी भनेपनि यसलाई राजनीतिक भ्रमण मानिएको छ । 

भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुङको निम्तामा उनी त्यहाँ गएको बताइएको छ । कतिपयले यो भ्रमणलाई भारतीय संस्थापनले भुटानी राजामार्फत आफ्नो सन्देश दिन खोजेको भन्ने अर्थमा पनि टिप्पणी गरिरहेका छन् । 

भुटानी राजा भारतकै निकट भएर शासन चलाइरहेको मानिन्छ । पूर्वराजा शाहले त्यहाँ भुटानका राजा र अन्य उच्च पदस्थ पदाधिकारीसँग भेट्ने बताइएको छ । 

यो पनि पढ्नुहोस्

किन भुटान जाँदै छन् पूर्वराजा ज्ञानेन्द्र ?

प्रकाशित: १७ आश्विन २०८१ १५:५२ बिहीबार

#ज्ञानेन्द्र भुटानमा #Gyanendra Shaha