राजनीति

छविलाल जोशीलाई धरौटी वा तारेखमा छाड्न सर्वोच्चको ध्यानाकर्षण

सर्वोच्च अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई धरौटीमा रिहा गर्न सुझाव दिएको छ।

बुधबार न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको इजलासले दशैंको बिदा सुरु हुन लागेकाले जोशीलाई धरौटी वा तारेखमा छाड्न प्रहरीको ध्यानाकर्षण गराएको हो।

यसअघि जिल्ला अदालत कास्कीले जोशीलाई १७ असोजसम्म हिरासतमा राख्न आदेश दिएको थियो। बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको नभए पनि, दशैंको बिदालाई ध्यानमा राखी धरौटी वा तारेखमा रिहा गर्न सकिने बताएको छ।

‘दशैं बिदाका कारण अब उनलाई धरौटी वा तारेखमा रिहा गर्दा पनि हुने’ बताउँदै सर्वोच्च अदालतले प्रहरीलाई ध्यान दिन निर्देशन दिएको हो।

प्रकाशित: १६ आश्विन २०८१ १८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App