राजनीति

सहकारी पीडितको रकम फिर्ता गर्न सरकार गम्भीर छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी पीडितको रकम फिर्ता गर्न सरकार गम्भीर रहेको बताएका छन्।

मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनले सरकार सहकारी पीडितहरुको रकम फिर्ता गराउन प्रतिवद्ध रहेको बताएका हुन्।

उनले सहकारी पीडितको पीडा सरकारले सुन्ने र डुबेको रकम फिर्ता गर्ने बताए। सहकारीको रकम मनलाग्दी खर्च गरेको पाइएको भन्दै फिर्ता कसरी ल्याउने भन्नेकुरामा सरकार गम्भीर भएर लागेको उनले बताए। उनले पीडकसँग रकम असुल उपर गर्न सरकार लागेको बताए।

उनले भने, ‘सहकारी पीडितहरुको पीडा सुन्नुपर्छ, उहाँहरुको डुबेको रकम फिर्ता हुनुपर्छ। तर कहिले कहिले यस्तो भइदिन्छ, कसले त्यतिबेला कसले पैसा लियो, उफ्रि उफ्रि खायो। खाइसकेको त गइसक्यो। त्यसलाई फिर्ता कसरी ल्याउने भन्नेकुरा कोही कोही सहकारीहरुको फिर्ता गराउने स्थिति होला । यस सम्बन्धमा अध्ययन पनि भइरहेको छ। र सहकारी पीडितहरुका समस्यालाई समाधान गर्ने सम्बन्धमा सरकार एकदमै धेरै गम्भीर छ। यो कसरी सही समाधान हुनसक्छ ? त्यसमा गम्भीर छौँ। यसरी पैसा कहाँ—कहाँ पु¥याइसकेको छ। यसरी उडाएर खर्च गरेको छ। कतिसम्म रकम फिर्ता गर्न सकिन्छ, असुल उपर गराउन सकिन्छ रु त्यसमा सरकार लागेको छ। हामीले कानून पनि बनाएका छौँ । कानूनको दायराभित्र रहेर त्यो काम गर्नुपर्छ। यत्तिकै सामाजिक सञ्जालमा बोलिदिनेलाई त सजिलो होला। सरकारलाई सजिलो हुँदैन यस्ता कुराहरु। सरकार आफू पनि कानूनभित्र बाँधिएर बसेको हुन्छ। कानूनभित्र रहेर काम गर्नेकुरामा प्रतिवद्ध छ।’

प्रकाशित: १५ आश्विन २०८१ १८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App