राजनीति

प्रधानमन्त्री ओलीद्वारा क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरेका छन् ।

प्रधानमन्त्री ओलीले गत शुक्रबार र शनिबारको वर्षापछि हनुमन्ते खोलाको बाढी पसेपछि क्षतिग्रस्त बनेको पार्टी कार्यालयको भ्रमण गरेका हुन् । बाढी पसेका समय प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा थिए ।  

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मंगलबार पार्टी केन्द्रीय कार्यालय पुगेर स्थलगत अवलोकन गरेका हुन् । सो अघि सिंहदरबारमा उनले दलको संसदीय दलको बैठक बोलाएका थिए ।  

अविरल वर्षापछि हनुमन्ते खोलाको बाढी पस्दा पार्टी कार्यालयको भुँइ तलमा पूर्णतः डुबान भएको छ भने परिसर हिलाम्मे भएको छ । बाढीका कारण उक्त तलमा रहेका उपकरण र महत्वपूर्ण सामग्री ध्वस्त भएको छ । दलको कार्यालयमा अहिले सरसफाइको क्रम सुरु गरेको छ ।

प्रकाशित: १५ आश्विन २०८१ १५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App