राजनीति

सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस निरौला र पाण्डेयविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस गरिएका दुईजना न्यायाधीशहरूको उजुरीका लागि आह्वान गरेको छ।

समितिले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेयका लागि उजुरी आह्वान गरेको हो।

न्यायाधीश पदमा सिफारिस गरिएका व्यक्तिहरू नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं प्रमाणसहित १० दिनभित्र कार्यालय समयमा जिल्ला प्रशासन कार्यालय वा सचिवालयमा उजुरी दिन सक्ने समितिले जनाएको छ।

सिफारिस गरिएका निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् भने पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश हुन्।

प्रकाशित: १५ आश्विन २०८१ ०८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App