राजनीति

डा.भट्टराई भन्छन्ः राज्य जनताको निम्ति जनताले बनाएको हो, राज्यको निम्ति राज्यले बनाएको हैन

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकमा आपतकालीन अवस्थामा पनि सरकारले मन्त्रीपरिषद्को बैठक बोलाउन नसकेकोमा आलोचना गरेका छन्।

उनले देशको कार्यकारी प्रमुख प्रधानमन्त्री विदेश गएको बेला आपतकालीन अवस्था आइपरेमा कार्यवाहक प्रधानमन्त्रीले मन्त्रीपरिषदको जरुरी बैठक राखेर आवश्यक निर्णय गर्नसक्ने परम्परा हुँदाहुँदै पनि वर्तमान सरकारले आवश्यक निर्णय गर्न नसकेकोमा आलोचना गरेका हुन्।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०६५ भदौमा तत्कालीन प्रम पुष्पकमल दाहाल प्रचण्ड बेइजिंग ओलम्पिक्समा भाग लिन चीन गएको वेला कोशी बाँध फुटेर भयंकर विपत्ति आएपछि कार्यवाहक प्रमको रूपमा मैले तुरून्तै बिषेश मन्त्रीपरिषद् बैठक राखेर  तत्कालीन उद्धार र राहतका काम प्रभावकारी ढङ्गले अघि बढाएको मलाई सम्झना छ। राज्य जनताको निम्ति जनताले बनाएको हो, जनता राज्यको निम्ति राज्यले बनाएको हैन भन्ने हेक्का राखौं!’

हुन त कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलिय बैठक बोलाएर विपत्मा परेकाहरुको उद्धारका लागि निर्देशन दिइसकेका छन्। तर, मन्त्रीपरिषद्को बैठक बसेर विपत् प्रभावितका हकमा कुनै ठोस निर्णय गरिएको छैन।  

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्केपछि मन्त्रीपरिषद्को बैठक बोलाइएको छ।

प्रकाशित: १४ आश्विन २०८१ ०९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App