राजनीति

दुई संसदीय समितिको बैठक बस्दै, प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूका सम्बन्धमा छलफल हुने

आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। जस अन्तगर्त दिउँसो १ बजे संसदीय सुनुवाइ समितिको संयुक्त बैठक बोलाइएको छ।

बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने, नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गर्ने र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रारम्भ गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

त्यसैगरी विधायन व्यवस्थापन समितिको बैठक पनि आज बस्दैछ। दिउँसो ३ बजे बस्ने बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुने बताइएको छ।

प्रकाशित: १४ आश्विन २०८१ ०८:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App