राजनीति

अमेरिका भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली १० दिने अमेरिकी भ्रमण सकेर आज स्वदेश फर्किँदैछन्। गत असोज ४ गते संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा भाग लिन अमेरिका भ्रमणमा गएका प्रधानमन्त्री ओली आज अपराह्न ४ बजे काठमाडौँ आइपुग्ने छन्।

अमेरिका भ्रमणमा रहँदा उनले विभिन्न छलफलमा भाग लिनुका साथै उच्च स्तरीय भेटवार्ता समेत गरेका थिए।

उनले असोज ७ गते कोलम्बिया विश्वविद्यालयमा आयोजित ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा सम्बोधन गरेका थिए भने असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए।

त्यसैगरी असोज १० गते उनले महासभालाई सम्बोधन गरेका थिए। असोज ११ गते हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयको कार्यक्रमलाई पनि उनले सम्बोधन गरे।

प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू अमेरिका भ्रमणमा गएका थिए।

प्रकाशित: १४ आश्विन २०८१ ०७:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App