राजनीति

राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले बाढी पहिरो पीडितको सहयोगका लागि ५० लाख रुपैयाँ सरकारको राहत कोषमा जम्मा गर्ने भएको छ। 

बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट यस्तो निर्णय गरिएको हो।

कांग्रेसले सय दिने विशेष अभियानलाई पनि दशैंपछि गर्ने गरी सारेको छ। असोज ७ देखि तय भएको अभियान कोजाग्रत पूर्णिमा पछि सुरु गर्ने गरी स्थगित गरिएको प्रवक्ता डा।प्रकाशशरण महतले जानकारी दिए।

आफ्ना भातृसंगठनलाई उद्धारमा खट्न पनि कांग्रेसले निर्देशन दिएको छ। 

प्रकाशित: १३ आश्विन २०८१ १२:५७ आइतबार

#congress