राजनीति

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। बैठक पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ः३० बजेका लागि बोलाइएको छ।

केन्द्रीय समिति बैठक पश्चात् आज २ः३० बजे पत्रकार सम्मेलनको आयोजना गरिने पार्टीले बताएको छ।

बैठकमा देशभर विपद्का कारण उत्पन्न समस्या, समसामयिक राजनीतिक गतिविधि, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ।

यसअघि, शनिवार बसेको पार्टीको आकस्मिक बैठकले विपद् प्रतिकार्यमा खट्न निर्देशन दिएको छ।  

प्रकाशित: १३ आश्विन २०८१ ०७:४९ आइतबार