राजनीति

पार्टी एकता संयोजन समितिको बैठक सुरु

काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास  बालुवाटारमा सुरु भएकाे छ।

बैठकमा कार्यदलले मिलाउन नसकेका प्राविधिक विषयमा सहमतिका लागि छलफल हुँने बताइएकाे छ।  प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण जानुअघि नै सहमति जुटाउनका लागि बैठक बस्न लागेकाे हाे ।  बैठकमा  प्राविधिक विषयहरुमा सहमति जुटेमा पार्टी एकता घोषणा तयारी समिति गठन गरिने प्रधानमन्त्रीका सहयाेगीले बताए।

 

प्रकाशित: २२ चैत्र २०७४ ०३:०६ बिहीबार

पार्टी एकता संयोजन समितिको बैठक सुरु