राजनीति

चीन र भारतबाट फाइदा लिनसके मुलुक विकास गर्न समय लाग्दैनः उपाध्यक्ष पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालले चीन र भारतबाट फाइदा लिनसके मुलुक विकास गर्न समय नलाग्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारत विश्वकै तेस्रो र चीन पहिलो ठूलो अर्थतन्त्र भएको मुलुक बन्दै गरेको भन्दै यसको फाइदा नेपालले लिन सक्नुपर्ने उल्लेख गरेका हुन्।

दुई छिमेकी देशहरु ठूलो अर्थतन्त्र भएको मुलुक बन्दैगर्दा नेपालले त्यसको फाइदा लिनुपर्ने र दुई देशबाट फाइदा लिनसक्ने क्षमता नेपालीहरुमा हुनुपर्ने बताए।

उनले क्यापिटलिजम र सोसलिजमलाई व्यवस्थित गरेर मात्रै देश समृद्ध बनाउन सकिने पनि बताए। नेपालले चीन र भारतलाई मात्रै पनि राम्रोसँग समात्नसके विकसित मुलुकमा नेपाललाई लैजानका लागि समय नलाग्ने उनको विश्वास छ। 

प्रकाशित: १० आश्विन २०८१ १२:२२ बिहीबार

#Surendra pandey