राजनीति

मुकुलको दाबी: रवि जेल जाने निश्चित, आजीवन चुनाव लड्न पाउने छैनन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा.मुकुल ढकालले रास्वपा सभापति रवि लामिछाने जेल जाने निश्चित रहेको दाबी गरेका छन्।

बुधबार सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै मुकुलले यस्तो दाबी गरेका हुन्।

‘सहकारीको विषय लगभग टुङ्गिन लागेको छ। रवि लामिछाने जेल जाने निश्चित छ,’ मुकुलले लेखेका छन्।

त्यसपछि ‘अब कुरा गरौँ राहदानी दुरुपयोगको प्रमाणका बारेमा’ भन्दै थप अगाडि लेखेका छन्, ‘९ फागुन २०७० मा अमेरिकी नागरिकता र सोही वर्ष २१ फागुनमा अमेरिकी राहदानी लिएका रवि लामिछाने २२ जेठ २०७१ मा नातेदार भिसामा नेपाल आएका थिए। १३ जेठ २०७२ मा उनले पुरानै नागरिकता विवरण राखेर नेपाली राहदानी लिए।

त्यसपछि उनले ४ जेठ २०७५ मा अमेरिकी नागरिकता र राहदानी त्याग्न दूतावासमा निवेदन दिएका थिए। १३ जेठ २०७२ देखि ४ जेठ २०७५ सम्म उनीसँग नेपाल र अमेरिका दुवै देशको राहदानी रहेको देखिन्छ। दोहोरो राहदानीको यो मुद्दा टुङ्गो लागे रवि लामिछाने आजीवन नेपालको कुनै पनि निर्वाचनमा भाग लिन पाउने छैनन्।’

प्रकाशित: ९ आश्विन २०८१ १२:३६ बुधबार

#Rabi Lamichhane #Mukul Dhaka