राजनीति

सुख्खा पहिरोमा परी गुल्मीमा एक महिला बेपत्ता

सुख्खा पहिरोमा परी मालिका गाउँपालिका–२ जुनाम सिम्लेस्थित एक महिला बेपत्ता भएकी छन्। ६९ वर्षीया टनि पुन आइतबारदेखि बेपत्ता भएकी हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार घर नजिकै रहेको मनकामना सामुदायिक वनमा गोरु चराउन गएको बेला सुख्खा पहिरो झरेको थियो। त्यसपछि उनी बेपत्ता भएकी हुन्।

पहिरो गएको ठाउँमा आज खोजतलास गर्ने क्रममा दुइवटा गोरू मरेको भेटिएको प्रहरीले जनाएको छ। उक्त सामुदायिक वनको छ सय मिटर माथिबाट सुख्खा पहिरो गएको थियो।

पुन अझै सम्पर्कमा नआएकाले पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको अनुमान छ। स्थानीय र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शंकरप्रसाद पोख्रेलले जानकारी दिए।

प्रकाशित: ७ आश्विन २०८१ २०:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App