राजनीति

जनताको चाहनाअनुरुपको पार्टीलाई बन्देज गर्नेकुरा रास्वपाले स्वीकार्दैनः सन्तोष परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक अस्थिरताका नाममा समावेशी, समानुपातिकलाई घटाउने कुरा स्वीकार गर्न नसकिने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दुई दल र तीन दलका नाममा थ्रेस होल्ड बढाउने कुरा आफूहरुलाई स्वीकार्य हुन नसक्ने बताएका हुन्।

उनले नेपाली जनताको चाहनाअनुरुपको पार्टीहरुलाई बन्देज गर्ने प्रयास गरिए राष्ट्रिय स्वतन्त्र पार्टी संविधान संशोधनको पक्षमा नरहने बताए।

उनले भने, ‘राजनीतिक अस्थिरताका नाममा समावेशी, समानुपातिकलाई घटाउने, अनि तपाईंहरुले चाहेको जस्तो दुई दल र तीन दलका नाममा थ्रेस होल्ड बढाउने। नेपाली जनताको चाहनाअनुरुपको पार्टीहरुलाई बन्देज गर्ने प्रयास गरिन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टी त्यो संशोधनलाई स्वीकार गर्दैन। कदाचित स्वीकार्दैन। राष्ट्र निर्माणका आफ्ना इतिहासहरु हुन्छन्, सामान्यतया एउटा विकासको सिद्धान्त, क्रान्ति। त्यसको सिद्धान्तबाट राज्यहरु निर्माण हुन्छन्।’

प्रमुख सचेतक परियारले आफूले बनाएको संविधानमाथि नै अहिलेका राजनीतिक दलहरुलाई विश्वास नभएको बताए।

प्रकाशित: ७ आश्विन २०८१ १९:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App