राजनीति

ओलीसँग भेटेर मोदीले भने: ‘भारत-नेपालको मित्रता धेरै बलियो छ’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले न्यूयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकै सकारात्मक र सफल भेटघाट भएको बताएका छन्।

भेटका क्रममा मोदीले दुई देशबीचको मित्रता बलियो रहेको र यसलाई अझ सशक्त बनाउनका लागि प्रयास गरिने बताए। उनले ऊर्जा, प्रविधि, र व्यापारजस्ता प्रमुख मुद्दाहरूमा छलफल भएको जानकारी दिए।

नेपाल–भारत सम्बन्धलाई अझ गतिशील बनाउने प्रतिबद्धता जनाउँदै उनले भने, "हाम्रो वार्ता ऊर्जा, प्रविधि, र व्यापारजस्ता विषयमा केन्द्रित रह्यो। हामी सम्बन्धलाई थप गति दिन चाहन्छौं।"

दुई नेताहरूबीचको यस भेटले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित: ७ आश्विन २०८१ १८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App