राजनीति

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० देखि, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू(क्रान्तिकारी)ले प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने भएको छ ।  

सोमबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष पञ्चा सिंहले सहमतिबाट नभई पत्यक्ष निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्ने जानकारी दिइन् ।  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गर्ने अध्यक्ष सिंहको भनाइ थियो । सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म चल्नेछ ।  

‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन, रोजगार, उत्पादन र समाजवादीशिक्षाको लागि २३औं राष्ट्रिय सम्मेलन’ भन्ने मूलनारा तय गरिएको सिंहको भनाइ छ ।  

पत्रकार सम्मेलनमा २ हजार ३२३ प्रतिनिधि सहभागी हुने जानकारी दिइएको थियो । अध्यक्ष सिंहले ७५ जिल्ला, ४५० पालिका र ५०० बढी क्याम्पसमा सम्मेलन सम्पन्न भइसकेको र अहिलेसम्म तीन लाख सदस्यता नवीकरण गरिएको जानकारी दिइन् । त्यस्तै, ६ वडा प्रदेशको सम्मेलन सम्पन्न भइसकेको र बाँकी रहेका कमिटीको सम्मेलन अगाडि नै सम्मेलन सकिने सिंहले बताइन् ।  

अध्यक्ष सिंहले आफ्नो कार्यकाल सफल भएको बताउँदै सम्मेलनबाट समाजवादी शिक्षाको कार्यदिशालाई थप सुदृढ र व्यवस्थित गरिने दाबी पनि गरिन् ।  

प्रकाशित: ७ आश्विन २०८१ १७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App