राजनीति

‘जनतासँग जसपा’ अभियानका लागि केन्द्रीय नेतालाई जिम्मेवारी

जनता समाजवादी पार्टी (जसपा) नेपालले जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानका लागि केन्द्रीय नेतालाई जिम्मेवारी तोकेको छ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई प्रदेशस्तरीय अभियान परिचालन, अनुगमन र निरिक्षणका लागि जिम्मेवारी दिएको हो।

निर्णयअनुसार, कोशी प्रदेशमा सचिव राजकुमार राई र कार्यकारिणी सदस्य जयराम यादव, मधेशमा केन्द्रीय कार्यकारिणी सदस्य हरिनारायण यादव र बागमतीमा सचिव सुनी लामालाई जिम्मेवारी दिइएको छ।

यस्तै, गण्डकीमा उपाध्यक्ष शिबलाल थापा मगर, लुम्बिनीमा उपाध्यक्ष राजकिशोर यादव, कर्णाली प्रदेशमा उपमहासचिव दीपक कार्की र सुदुरपश्चिम प्रदेशमा गोविन्द चौधरीलाई खटाउने निर्णय भएको जसपा नेपालले जनाएको छ।

तोकिएका व्यक्तिले सम्बन्धित प्रदेश कमिटीसँग समन्वय गरी आफ्ना गतिविधि सञ्चालन गर्ने पार्टीको भनाई छ।  जसपा नेपालले चार महिने अभियान सञ्चालन गरिरहेको छ।

प्रकाशित: ७ आश्विन २०८१ १५:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App