राजनीति

राजपा अध्यक्ष मण्डलको बैठक जारी

काठमाडौं– समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक बसिरहेको छ। 

संयोजक महन्थ ठाकुरको अध्यक्षतामा केन्द्रीय कार्यालयमा जारी बैठकले प्रधानमन्त्रीको भारत भ्रमणमा पार्टीको धारणा, विहीबार बस्ने संसदीय दलको बैठकको तयारी र २७ गते बस्ने राजनीतिक समितिको बैठको एजेण्डा तय गर्ने महासचिव केशव झाले जानकारी दिए।

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी रहेका छन्। दिल्ली भ्रमणमा भण्डारीले पार्टीको धारणा राख्नेछन्।

प्रकाशित: २१ चैत्र २०७४ १०:१८ बुधबार

राजपा अध्यक्ष मण्डलको बैठक जारी