राजनीति

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ। जस अनुसार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने तय भएको छ। बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुने बताइएको छ।

यस्तै बिहान ११ बजे नै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बोलाइएको छ। बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतीबारे छलफल हुनेछ। त्यसैगरी बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ।

त्यसैगरी दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको छ। बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।

प्रकाशित: ६ आश्विन २०८१ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App