राजनीति

राष्ट्रपतिद्वारा कुमारीबाट टीका–प्रसाद ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले जीवित देवी कुमारीबाट टीका एवं प्रसाद ग्रहण गरेका छन्।

उनले इन्द्रजात्राको अन्तिम दिन आज राति वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्र पुगेर कुमारीबाट टीका एवं प्रसाद ग्रहण गरेका हुन्।

हरेक वर्ष राष्ट्राध्यक्षले कुमारीको हातबाट टीका एवं प्रसाद ग्रहण गर्ने परम्परा छ। सो अवसरमा राष्ट्रपति पौडेलले गणेश, कुमारी र भैरवको दर्शन गरे।

टीका एवं प्रसाद ग्रहणपछि राष्ट्रप्रमुखले कुमारीसँग खड्ग साट्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले खड्ग साटे। भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजासहितको ‘लिङ्गो’ ठड्याएपछि सुरु हुने इन्द्रजात्रा काठमाडौं उपत्यकामा मनाइने सबैभन्दा लामो जात्रा हो।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि परम्परागत रूपमा मनाइने इन्द्रजात्रा पर्व आज भाद्र शुक्ल चतुर्दशीका दिन समापन गरिएको छ।

प्रकाशित: ५ आश्विन २०८१ २३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App